नियम ४५
“विवादको सारसंक्षेप पेस गर्नु पर्ने
(१) ऐनको दफा ८ को उपदफा (१) अन्तर्गत दिइने निवेदनपत्रका साथ विवादको सङक्षिप्त ब्यहोरा, संवैधानिक तथा कानूनी प्रश्न, माग गरिएका उपचारका कुराको सारसंक्षेप खुलाई बढीमा दुई पृष्ठमा नबढाई मजबुन तयार गरी पेस गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमको निवेदनका सम्बन्धमा दिइने लिखित जवाफका साथ विवादित प्रश्न स्पष्ट खुलाई बढीमा दुई पृष्ठमा नबढ्ने गरी लिखित जवाफको सारसंक्षेप तयार गरी पेस गर्नु पर्छ।

(३) उपनियम (१) र (२) बमोजिम पेस भएको सारसंक्षेपका आधारमा ठहर गर्नुपर्ने प्रश्न यकिन गरी अन्तिम सारसंक्षेप तयार गरी मिसिल सामेल राखिनेछ।

(४) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन पृष्ठ वा सोभन्दा घटीको निवेदन वा लिखित जवाफ भएमा सोको सारसंक्षेप पेस गर्नु पर्ने छैन।